" />

मुसिकोट नगरपालिकाका प्रमुख सापकोटा सहित दुई वडाध्यक्ष १५ दिनको लागि जापान भ्रमण

मनोज कार्की
भाद्र ६, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा तथा दुई वडाअध्यक्ष शुक्रबार जापान भ्रमणमा जाने भएका छन् । नगरप्रमुख सापकोटा सहित वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले र वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटा १५ दिने जापान भ्रमणमा जाने भएका हुन् ।
वामी सेवा समाजको आयोजनामा जापान जान लागेको नगर प्रमुख सापकोटले बताएका छन् ।

जापान बसोबास गर्दै आएका मुसिकोट बासी संग भेटघाट गर्ने र मुसिकोट नगरपालिकाको बिकासका बारेमा छलफल गर्ने भनिएको छ साथै नगरपालिका बाट बैदेशिक रोजगारमा जापान गएका कमाएको रकम मुसिकोट नगरपालिका भन्दा बाहिर लगानी गरेको र त्यो रकमलाई नगर भित्रै राख्ने बिषयमा छलफल गरि जापान बाट नेपाल फर्केने नगरप्रमुख सापकोटाले सन्तुलित न्युजलाई जानाकारी दिएका छन् ।

उनका अनुसार नेपाली भाद्र १० गते जापनमा रहेका नेपालीसँग विशेष अन्तक्रिया रहने छ । भ्रमणमा जे जति खर्च लाग्छ , त्यो खर्च जापानमा रहेका मुसिकोटवासी लगायतको हुने नगरप्रमुख सापकोटाको प्रतिक्रिया छ । उनको जापान भ्रमण १५ दिनको रहने छ । मुसिकोटको विकासका बारेमा पनि जापानमा रहेका सम्पूर्ण नेपाली तथा मुसिकोटवासीसँग छलफल गरिने पनि बताइएको छ।

शुक्रबार प्रमुख सापकोटा गुल्मी साप्ताहिक पत्रिकाको आधिकारिक अनलाईन सन्तुलित न्युज संग कुरा गर्दै जापान भ्रमण पछि नेपाल फर्किएर जापानमा रहेका मुसिकोट बासिले दिईएको प्रतिक्रिया बारे छलफल गर्ने बताएका छन् ।



Recent News