" />

विद्यार्थी नेता राम्जी पन्थीको अभियानमा समाजसेवीको हातेमालो

गुल्मी , १० असोज

गुल्मीको बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत गरिब विद्यार्थीहरुका लागि पोशााक बितरण गरिएको छ । नेपाल विद्यार्थी संघ गुल्मीका उपसभापति राम्जी पन्थीको जिल्लाका गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्ने अभियानबाट खुसी भई सोही अभियानसँगै हातेमालो गर्ने हिसाबले केहि समाजसेवीहरुले पोशााक बितरण गरेका हुन्

नेपाली काँगे्रस गुल्मीका नेता लिलाधर आचार्य , अर्घाखाँचीकी पार्वती भूषाल , पदम प्रसाद पाण्डे , डिलाराम आचार्य र तारा थापाले संयुक्त रुपमा विद्यालयलाई सहयोग गरेका हुन् ।

उनीहरुले पोशााक बितरण गर्दे विद्यार्थी नेता राम्जी पन्थीको अभियान सँग हातेमालो गरेको बताए । करिब १० जनालाई विद्यालय पोशााक बितरण गरिएको हो । हिजो मात्रै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीका उपसभापति राम्जी पन्थीले रेसुङ्गा नगरपालिकाको अर्खलेमा रहेको बुद्ध माध्यमिक विद्यालयका गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका हुन् ।

आर्थीक अवस्था कमजोर भएर पढ्न लेख्नबाट कसैलाई पनि बञ्चित हुन नपरोस् भन्दै केहि हदसम्म भएपनि विद्यार्थीको समस्या समाधान गर्ने हेतुले शैक्षिक सामाग्री वितरण गरिएको विद्यार्थी नेता पन्थीले बताए । पन्थीले बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत एक दर्जन भन्दा बढी गरिब तथा कपीकलम किन्न समस्या पर्ने विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका छन् ।

केहि समयअघि जिल्लाको इस्मा गाउँपालिकामा पुगेका विद्यार्थी नेता पन्थीले जिल्लास्थित विद्यालयमा कोहि पनि आर्थीक अवस्थाका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् , त्यस्तो भए आफुले केहि सहयोग गरेर समस्या समाधान गर्ने घोषणा गरेका थिए ।

त्यहि अभियानलाई उनले हिजो मात्रै सुरु गरेका छन् । उनले जिल्लामा शिक्षाबाट बञ्चित गरिब विद्यार्थीहरुका लागि नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीका उपसभापति समेत रहेका राम्जी पन्थीले सहयोग गरेका हुन् । उनी एक सक्रिय विद्यार्थी नेता हुन् ।



Recent News