" />

बृद्धभत्ता पाउने उमेरमा नागरिकता छैन

गुल्मी ,
रेसुङ्गा नगरपालिकाको वडा नम्बर ६ की पार्वती बिक अहिले ६२ बर्षकी भइन् । उनको अहिलेसम्म नागरिकता बनेको छैन । दलितको हकमा ६० बर्ष पुगेपछि बृद्धाभत्ता पाउँछन् । उनले दुई बर्षअघि देखि नै बृद्धाभत्ता पाउनुपर्ने हो । तर नागरिकता नभए कै कारणले गर्दा बृद्धाभत्ता पाउनबाट उनी बञ्चित छिन् । दलित परिवार ,त्यसैमाथि गरिब । नागरिकता बनाउन पर्छ भन्ने त अहिलेसम्म थाहा नै भएन । उनले भनिन् “विहान बेलुकी हातमुख जोड्न कै चिन्ता हुन्छ ।”

अझ त्यसैमाथि उनी अहिले बिरामी छिन् । दिनदिनै औषधी खानुपर्छ । छोरा भारततिर पसे उनीहरुलाई आफ्नै ज्यान पाल्न ठिक्क छ । पार्वतीका श्रीमान् घरको काममा नै ब्यस्त छन् । उनले श्रीमतीको नागरिकता बनाउने भन्ने कहिल्यै सोचेनन् । विवाह गरेका ४० बर्षभन्दा बढी भए । श्रीमतीलाई नागरिकता के पो काम लाग्ला र , भन्ने भयो । उनले भने “मैले त नागरिकता बनाउने भन्ने कहिल्यै साँेचिन ।”
बृद्धाभत्ता पाउने उमेरसम्म नागरिकता छैन , तर यसमा वडाको खासै चाँसो देखिन्न । यस विषयलाई रेसुङ्गा गरपालिका वडा नम्बर ६ का अध्यक्ष गन वहादुर गुरुङ्गले वडाकार्यालयमा नआएको र आफुलाई जानकारी नभएको बताएका छन् । उनले बिरामी हुदाँ सहयोग गरेको बताए । तर नागरिकता बिषयमा भने अब छिट्टै पहल गरिने बताएका छन् ।

बृद्ध भत्ता पाएपनि गरिब परिवारमा केहि समस्या हट्न सक्थ्यो । तर गाउँ गाउँमा सिंह दरवार भन्ने पनि , सिंहहरुको लागि मात्रै दरवार भएको स्थानियले गुनासो गरेका छन् । जिल्लाका विभिन्न विकट ठाउँमा पुगेर जिल्ला प्रशाासन कार्यालय गुल्मीले घुम्ती शिविर मार्फत नागरिकता वितरण गर्यो । तर पार्वतीलाई घुम्ती शिविरले छुन सकेन ।



Recent News