" />

बाल्यकाल सम्झनामा मात्रै………………….

प्रकाशकको कलमबाट…………..(सन्तोष महतारा)

विहानै उठ्थे । त्यो पनि करिब ९ बजेतिर । विहानै हुन्थ्यो , हाम्रो लागि ९ बजे । खोई पहिलाका कुरा त धेरै याद छैन तर कक्षा ३ मा पढ्दाको अलिअलि सम्झना छ , म ९ बर्षको थिए । विद्यालय घरबाट नजिक थियो । करिब १० मिनेट लाग्थ्यो ।
उठ्नेवित्तिकै मुख नधुदैँ नास्ता चाहिन्थ्यो । अनि एकछिनमै खाना पनि । हिजो विद्यालयबाट ल्याएर फालेको झोला खोज्नु पर्दथ्यो । अनि त्यहि झोला भिरेर स्कुल पुग्थेँ । अरु खोई के के गरेँ थाहा भएन , कक्षा ३ र ४ यसैगरी वितेछ । मैले थाहा त त्यतिखेर पाँए , जब कक्षा ५ मा पढ्न थालेँ । त्यसपछिका त मलाई मिनेट , मिनेटका कुरा थाहा छ , नि । हरेक पहलका कुरा याद छ मलाई ।
उपकारी गुणी ब्याक्ति …………… भन्दै नेपाली किताबको पहिलो पानामा पढेको याद छ मलाई , टुकी छेउमा राखेर पढ्दा नयाँ किताब पहिलो दिन मै पूरानो भइदिन्थ्यो । नयाँ किताब स्कुलले दिने बित्तिकै अर्थात दिने दिनमा नै सबै कविता , कथा हरु पढेर सक्थे । त्यसैले आज नेपालीका हरेक शब्द , शब्द थाहा छ मलाई ।
त्यस्तै नेपाली किताब पढेजस्तो अङ्ग्रेजी किताब पढेको भए आज के हुन्थ्यो होला जस्तो लाग्छ मलाई । यस्तै यस्तै गरी वित्थे केहि दिनहरु । घरमा गएपछि पढ्ने भन्ने त कुरा नै थिएन । घरमा कान्छो छोरो भएर पनि होला खासै काम पनि गर्नुपरेन । हुन त जेठा , माइलाले पनि काम गरेको त देखिन । सधै काममा त बाआमालाई मात्रै देख्थे ।

खाना खाने समय बाहेक अरु समय बाआमा र घरमा कसैसँग भेटघाट हुन पनि गा्रह्रो पर्दथ्यो । हिउँदमा पौडी खेल्न खोलामा हुन्थेँ । बर्खाँ माछा मार्न अनि पानी सँगै खेल्न ।
कसैको चिन्ता हुने थिएन त्यो बेला । न त पढाइको चिन्ता , न त जिवनको चिन्ता । भोक लागे आमाको चिन्ता हुन्थ्यो । पाक्यो कि पाकेन भनेर । अनि पैसाि चाहिए बाबाको चिन्ता हुन्थ्यो , पैसा दिन्छन् कि नाई भनेर । छिमेकीको डर थिएन । कसैको लोभ थिएन । लालच थिएन । आमाले दिएको खाइन्थ्यो । बाबाले दिएको पैसा चाउचाउ र बिस्कुटलाई , कति आनन्दको त्यो उमेर , कति आनन्द त्यो जिवन ।
कसैले कति पैसा कमायो , कति के गर्यो भन्ने मनमा नै थिएन । दाजुहरु बाबाआमासँग के के कुरा गर्थे । पढाइका कुरा । जिवका कुरा । घरका कुरा । पैसाका कुरा । म त भरखरै १० , ११ बर्षको मान्छे मलाई त रमाइलोका कुरा । खेलका कुरा , घुम्ने कुरा । रमाउने कुरा । आनन्दका कुरा ।
कक्षा ५ पनि यसै त्यसै गरी समाप्त भयो । पास पनि भइएछ , अहिले अचम्म लाग्छ । नपढेर परिक्षा दिएर पनि सरले रिजल्टमा उत्तीर्ण भन्दिथेँ । हल्का लेखेरै होला , पास भएरै होला । ६ कक्षामा पढ्न गएँ । हामी पहिला थोरै विद्यार्थी । पछि ६ मा पढ्न आउने त थुप्रै । चिनेका पनि आफ्नै साथी नचिनेका पनि आफ्नै साथी । रमाउने उमेर , आनन्दको उमेर । ६ कक्षा न हो , पाँच जस्तै थियो खासै परिर्वतन त भएन । तर मनमा कताकता पढ्न पर्छ भन्ने लाग्न थाल्यो । घरमा गएर यस्सो किताब खोलेर पढ्थे । पढ्न त के पढ्ने होे पाना पल्टाएर हेर्ने मात्रै । त्यो पनि नेपाली किताब । ध्यान त सधै कविता र कथामा जान्थ्यो । अन्य किताबै नभएपनि नेपाली कै ब्याकरण पढेको भए पनि हुने हो नि , तर के गर्नु कविता र कथा पढ्नुको त्यो आनन्द । त्यो मज्जा । त्यो रहर । अनि रमाइला ती क्षणहरु ।
आनन्दको उमेर संसार पनि सारा आफ्नै जस्तो लाग्थ्यो । ती बाल्यकालमा दिनहरु कसरी बितेँ खासै पत्तो पनि छैन । जे जसरी विते , हाँसेर विते र रमाएर विते । खुसीले विते । विना चिन्ताले विते ।
यसैगरी उमेर १४ , १५ बर्षमा जान थाल्यो । किशोरअवस्था । घमण्डको उमेर । कसैले भनेको नमान्ने उमेर कसैलाई नटेड्ने उमेर । तर म त्यसो कहिल्यै गरिन् ।
कसैले यसो नगर पनि भनेन , तर खोई त्यस्तो बानी त मेरो मनमा कहिल्यै आएन । कक्षा सातमा पढ्नबाट नै गाउँका बैठकमा जाने , सहभागी बन्ने अनि केहि नयाँ कुरा गर्ने अनि घरमा आउने गर्थे । स्कुल जान भने रहर लाग्थ्यो । पढ्न होइन क्यारे , साथीसँग खेल्न अनि रमाउन । म त स्कुल कहिल्यै बिराइन् । नजान्ने हुन सम्म खेल्न र रमाउन स्कुल गएँ । यस्तैमा १०,१५ बर्ष विते । गाउँमा रमाउँदा , रमाउँदा दिनहरु विते ।

अनि १० कक्षा पास गरेँ । १० कक्षा पछि त सहर पढ्न जाने भन्ने त गाउँको चलन थियो । यत्तिकैमा म सहर हिडेँ । सहर विल्कुलै फरक थियो , मैले सोचेभन्दा । मलाई लाग्थ्यो अब त्यो गाउँले जीवन फर्कने छैन । फर्किएन पनि । गाउँले जीवन त फेरि गाउँमा नै गएपछि फर्किन्थ्यो होला तर ती बाल्यकालका यादहरु मनमा सम्झना मात्रै छन् ।
चाहेर पनि फर्काउन सकिन्न अब ती दिनहरु । वनपाखा , डाँडाकाँडा अनि चौतारातिर डुलेको । आनन्दसँग रमाएका ती दिनहरु मलाई त सम्झिँदा पनि आनन्द लाग्छ । रमाइलो लाग्छ । फेरि पनि त्यहि बाल्यकालमा फर्किन्छु जस्तो लाग्छ । तर के गर्नु चाहाना त चाहान्छु नि , चाहेर पनि फर्किन नसक्ने ती बाल्यकालका दिनहरु ओहो सम्झिँदा पनि हाँसो लाग्छ , आँशु पनि आउँछन् , आँखा रसाउँछन् ।
अब मलाई मात्रै होइन तपाई लगायत सबैलाई पनि बाल्यकाल एक सम्झना मात्रै हुने छ । भएको छ । सम्झनु मात्र हो अब । तर बाल्यकाल मात्रै सम्झिएर दिनहरु विताउँदैनौँ । बाल्यकाल सम्झिँदै आगामी दिन झन् सुन्दर अनि रमाइलोपनको अनुभूति गर्नेखालका हुनेछन् ।
बाल्यकाल भन्दा अझ बढी सुन्दर बनाउनु छ , अबका दिनहरु । सम्झनाहरुलाई हामी शक्तिमा बदल्नुपर्दछ ।

पछिल्ला दिन राम्रा होलान् तर बाल्यकाल विर्सन हुन्न । नराम्रा भएपति तर्सिन हुन्न । त्यसैले पनि आगामी दिनहरुमा हाम्रो मिहेनत र परिकल्पना अझ बलियो हुनुपर्दछ ।
“त्यसैले बाल्यकालका हरेक दिनहरु सम्झिएर हाम्रो भविष्य सून्दर बनाउनुपर्दछ ।”



Recent News