" />

गरिब परिबारको घरदैलोमा नेपाली काङ्ग्रेस

गुल्मी  ,

रेसुङ्गा नगरपालिका वडा नम्बर ६ वडाको जिमुरेखर्क अन्र्तगतकी भूमकला पून केहिदिनअघि क्यान्सर रोगका कारण संसारबाट विदा हुनुपर्यो । गरिब परिवार , आर्थीक चाप कै कारणले गर्दापनि उनी उपचारखर्च नभएकै कारणले मृत्युको मूखमा परिन् ।

मर्ने उनी त मरेर गइन् । तर बाँचेकाको झन् विचल्ली भयो । ५० बर्ष काटेका बृद्ध डुम बहादुर पून झन् फसादमा परे । भरखरै कक्षा १० पास गरेर बसेका रोम बहादुर पून अहिले आमाको क्रियामा छन् । जेठा जित बहादूर पूनले धेरै पढेनन् । साक्षर मात्रै छन् । क्यान्सरका कारणले आमा गुमाएका भरखर १८ । १९ बर्षका दुई भाईको अहिले विचल्ली नै भएको छ ।
त्यस्तै सोही वडा कै थाम भन्ने ठाउँमा पार्वती विक पछिल्लो समय झन् बिरामी परिन् । उनी अहिले ६२ बर्षकी भइन् । तर अहिलेसम्म पनि नागरिकता छैन । बृद्धाभत्ता पाउने यो उमेरमा नागरिकता नहुदाँपनि झन् समस्या थपिएको छ ।

तर यी दुवै परिवारलाई नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव सहितको टोली मल्हम लगाउन पुग्यो । सोही वडा काङ्ग्रेसको अगुवाईमा खिलध्वज पन्थीले सो रकम हस्तान्तरण गरे ।
क्यान्सर लागेपछि मूत्यु भएकी भूमकला पूनको परिवारलाई १५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । साथै थाममा बिरामी परेकी पार्वती विकको उपचारका लागि १० हजार सहयोग गरिएको छ ।

रकम हस्तान्तरण गर्दे नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका सचिव खिलध्वज पन्थीले स्थानिय सरकार कहाँ गयो भन्ने प्रश्न समेत उठाए । संघियता आयो तर यो गहिराईमा पुग्न सकेन । पन्थीले भने “गरिब , दु ः खी र असहायको परिवारमा तिन वटै सरकारको ध्यान गएन ।”
सहयोग रकम हस्तान्तरणमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका सचिव खिलध्वज पन्थी , हुमा पोखरेल , दलित संघ गुल्मीका अध्यक्ष लुम बहादूर श्रीपाली , वडा सभापति केशव मरासिनी लगायतको उपस्थिति रहेको थियो ।



Recent News