" />

नेपाली काग्रेसले थालेको १५ दिने दास्रो जागरण अभियान गुल्मीमा भोली देखि सुरु हुदै

मनोज कार्की
भाद्र २३ गुल्मी

नेपाली काग्रेसले देशैभर १५ दिने दास्रो जागरण यहि भाद्र २४ गते मंगलबार देखि सुरु गर्ने भएको छ । बुधबार नेपाली कांगे्रस गुल्मीले बिपि स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै गुल्मीमा पनि मंगलबार देखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने लागेको नेपाली काग्रेस गुल्मीले जानाकारी दिएको छ ।

हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस नाराका साथ देशमा संधियता आइसके पछि नागरिकले सरकारबाट भोग्दै आएका समस्या यो बजारभाउको मंगी दिन प्रतिदिन भएको हत्या बलत्कार ,भष्ट्रचार अनियमितता लगाएका बिषयमा हरेका नागरिकलाई जानाकारी गराउँदै गाउँ गाउँमा भएका कार्याकर्ता संग भेट नभई नागरिकको घरघरमा पुग्ने गुल्मी क्षेत्र नं १ मा खटिएका केन्द्रिय प्रतिनिधि तथा पत्रकार सम्मेलन कार्यक्रम प्रमुख अतिथि युवराज गिरिले बताए ।

नेपाली कांग्रेस जिम्बेवारी पार्टी र जनताको अभिभाबक भएकाले सबै नागरिकका समस्याहरुलाई केन्द्रसम्म पुर्याइ समधान खोजेरै छाड्ने सम्मेलनमा केन्द्रिय प्रतिनिधि गिरिले प्रतिबद्धता गरेका थिए ।
गुल्मीका २ निर्बाचन क्षेत्रमा ४ जना केन्द्रिय प्रतिनिधि खटाएर जागरण अभियान गर्ने र जनताका आधारभुत आबश्यकता के के हुन त्यसको अध्ययन गरेपछि सबै आबश्यकतालाई केन्द्र सम्म पुर्यायउने अभियान रहेकाले सबै नागरिकले आफ्नो ठाउँबाट यो अभियानलाई सहयोग गर्ने नेपाली कागं्रस जिल्ला सचिब बिष्णु सापकोटाले अपिल गरेकी छिन् ।

दास्रो जागरण अभियानमा केन्द्रिय प्रतिनिधि क्षेत्र नं १ मा हरिध्वज मल्ल , युवराज गिरी क्षेत्र नं २ मा धन बहादुर मास्के र हिकमत बहादुर टण्डन खटिएको सापकोटाले जानाकारी दिएकी छिन् ।
दोस्रो जागरण अभियान देशभरि बाट १ लाख नेपाली कागं्रेसमा प्रबेश गराई ३ करोड नेपाली जनताको मनमा बस्ने गरि पार्टीलाई दरिलो बनाउनका निमित्त यो अभियान गुल्मीमा पनि थालिएको नेपाली कांग्रेस जिल्ला सचिब तथा जगरण अभियानका संगठनका संयोजक खिलध्वज पन्थीले जानाकारी दिए ।

दुई तिहाई सरकार सत्ताबाट नेपाली जनतालाई दुख पिडा दिईरहेको समयमा नेपाली कांग्रेस सडकबाट जनताका माग पुरा गर्नेको लागि परेर अगाडि बढेको पन्थीले बताए ।
नेपाली कांग्रेसले पहिलो जागरण अभियान जेठ २५ देखि बैशाख २५ सम्म गरि एक महिना चलाएको थियो र यो अभियान कार्याक्रम जनता बिचमा निकै प्रभाबकारी भएको थियो ।



Recent News