" />

गायिका मेलिना राईको आवाजमा ” चिरविर चिरविर ” भिडियो सहित

आर पोखरेल ,काठमान्डाँै ।
लोकप्रिय गायिका मेलिना राई र गायक नवराज घिसिङको आवाजमा निकै रोमान्टिक ” चिरविर चिरविर ”गीतको भिडियो सलिना म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ ।

प्रस्तुत गीतमा प्रेम र रोमान्सको समिश्रण रहेको छ । गीतमा नवराज घिसिङको शब्द तथा अलि खानको संगीत रहेको छ । आफनी प्रेमीकालाई सुसेल्दै मायालुलाई बोलाउदै गएको कुरालाई गीतमा समेटिएको छ ।

सुरेश श्रेष्ठको छायाँकन , उत्तम कुमार कार्कीको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ” चिरविर चिरविर ” गीतको भिडियोमा अञ्जली अधिकारी र नवराज घिसिङको फिचरिङ रहेको छ ।

” चिरविर चिरविर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।



Recent News